Nepali

मुक्तक

Blog Image

मुक्तक

 

   नीता गुरूंग (भाटिया)।

 गुवाहाटी (असम)।

१. मायाको चिह्नो छोड़ेर जाउॅला।

प्रेमको गाथा  कोरेर  जाउॅला।

शंका नगर मायामा मेरो प्रिये,

तिम्रो मुटुमा  मुटु जोड़ेर जाउॅला।

२. तिमी संग केही बात गर्न मन छ

बात गरि दिनलाई रात गर्न मन छ

नसोध के-के कल्पना छ यो मनमा,

जुनीभर साथ रही,साथ मर्न मन छ।

३. तिम्रो याद नआउॅने कुनै पल नै छैन।

मनको तिर्खा बुझाउॅने कुनै जल नै छैन।

जानि नजानि माया बस्यो तिमी संग,

यसलाई भुलाउॅने कुनै हल नै छैन।

४. फूलै फूलको बहार तिमीलाई।

तारा जूनको संसार तिमीलाई।

अरू के पो दिन सकुॅला र साथी,

मेरो पाउॅजूको झन्कार तिमीलाई।

५. साथी तिम्रो साथ चाहन्छु।

हातमा तिम्रो हात चाहन्छु।

जीवनको आखरी सांसमा पनि,

तिम्रै  न्यानो  काख  चाहान्छु।

 

       ________________

 


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments